१३ आश्विन २०८१, आइतबार

बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको झिनो लक्ष्य


महिला टी–२० सिरिज

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन । त्यस्तै कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !