१३ आश्विन २०८१, आइतबार

जिम्बाबेविरुद्ध खेलमा कुशल भुर्तेल ९९ रनमा आउट


कुशल भुर्तेल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आज आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले शतक पुर्याउन १ रनले चुकेका छन् ।

जिम्बाबेका स्पिनर वेलिङटन मसाकान्डाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट भएपछि कुशल घरेलु टोली जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका हुन् । उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुकेका हुन् ।

कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भएका हुन् । अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका छन् । आसिफले १०० बलको सामना गरी ७ चौका हिर्काएका थिए ।

नेपालले ३३.५ ओभरमा १७४ रन बनाउँदै दोस्रो विकेट गुमाएको हो । पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १७१ बनाउँदै नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको सानदार उच्च शतकीय साझेदारी गरेका हुन् ।

यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले कीर्तिपुरमा रंगशालामा १३९ रनको शतकीय साझेदारी गरेका थिए भने उक्त साझेदारी अहिले तोडिएको हो ।

हाल कुशल मल्ल १५ र रोहित पौडेल ७ रनमा क्रिजमा छन् । पछिल्लो समय नेपालले ३८ ओभरमा दुई विकेट गुमाएर १९५ रन बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !