६ जेष्ठ २०८१, आइतबार

विश्वकप फुटबलको समूह चरणमा प्रतिस्पर्धा गर्ने टिमहरु


Worldcup Football

१६ जेठ, काठमाण्डौ । आगामी जुन १४ वाट जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबल एसियाली देश रुसमा हुने भएको छ ।

यस वर्षको विश्वकप फुटबलमा संसारवाट ३२ टिमको सहभागिता रहेको छ । आठ समूहमा खेलाइने खेलमा यसरी समूह विभाजन गरिएको छ । पहिलो समूह ‘ए’मा आयोजक रुस, साउदी अरब, इजिप्ट र उरुग्वेले लिग चरणका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै, समूह ‘बी’मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

समूह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क आमनेसामने हुँदा, समूह ‘डी’मा अर्जेन्टिना, क्रायसिया, आइसल्याण्ड र नाइजेरिया भिड्ने छन् । त्यस्तै, समूह ‘ई’मा ब्राजिल, स्विट्जरल्याण्ड, कोष्टारिका र सर्विया भिड्ने छन् । समूह ‘एफ’बाट जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह ‘जी’मा बेल्जियम पानामा, ट्युनिसिया र बेलायत रहेका छन् । समूह ‘एच’बाट पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान खेल्ने छन् ।

पहिलो खेलमा आयोजक रसियाले साउदी अरबसँग लुजनिक्की रंगशालामा १४ जुनमा प्रतिस्पर्धा गर्ने भएको छ । विश्वकपको इतिहासमा अहिले सम्म १० पटक भाग लिएको रसिया सन् १९६६ मा अन्तिम चारमा प्रवेश गरेको थियो ।

सन् १९९४ मा पहिलो पटक विश्वकपमा छनोट भएको साउदी अरबले चार पटक विश्वकप खेलिसकेको छ । उसले सन् १९९४ मा अन्तिम १६ मा प्रवेश नै राम्रो प्रदर्शन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !