१३ आश्विन २०८१, आइतबार

एसिसी प्रिमियर कप सेमिफाइनल : टस हारेर नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै


एसिसी प्रिमियर कप सेमिफाइनल : टस हारेर नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा सुरु भएको हो । नेपाल समूह चरणको अन्तिम खेलमा हिजो कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’ मा रहेको कुवेतले हिजै भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ ।

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा कुवेतविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका लिएको छ । बलिङ मजबुत बनाउन गुलशनको स्थानमा करणलाई मौका दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !