२ मंसिर २०८१, आइतबार

आफ्नै टीमका खेलाडीसँग ठोक्किँदा मछिन्द्र क्लबका छिरिङ मैदानमै ढले


छिरिङ गुरुङ

काठमाडौँ । मछिन्द्र क्लबका खेलाडी छिरिङ गुरुङ घाइते भएका छन् । खेलको इन्ज्युरी समयमा मछिन्द्रका गुरुङ आफ्नै खेलाडी पुजन उपरकोटीसँग ठोक्किँदा मैदानमा अचेत भएर ढलेका हुन् ।

सहिद स्मारक ए डिभिजन लिगको खेलमा उनी मैदानमै डेढ मिनेटजति बेहोस भएका थिए । मैदानमै प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्समा राखेर ब्लुक्रश अस्पतालमा लगिएको छ ।

अहिले उनको होस आइसकेको र स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको क्लबले बताएको छ । घाइते छिरिङले आफूलाई सो समयमा रोक्नै नसकेको बताएका छन् ।

आफूसँग ठोक्किएका अर्का खेलाडीको स्वासप्रश्वासमा समस्या आउन आफूले नदिएको उनले बताए । आज आइतबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै लिगमा दोस्रो जित निकालेको छ ।

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले संकटालाई पराजित गर्दै दोस्रो जित निकालेको हो । फरवार्ड विमल घर्ति मगर र ओलावाले आफिजले मच्छिन्द्रका लागि गोल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !