२ मंसिर २०८१, आइतबार

सन्दीपकाे मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र आलमको बकपत्र लिन आदेश


सन्दीप लामिछाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ सकिएको छ । आज जिल्ला अदालत काठमाडौंले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको छ । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।

न्यायाधीश बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् । यसैगरी साहब आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।

अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन भने आज सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ भएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु