२ मंसिर २०८१, आइतबार

सन्दीपलाई क्रिकेट खेल्न आजै यूएई पठाइने क्यानको तयारी


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेट खेल्न आजै यूएई पठाइने तयारी गरेको छ । सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले हिजो मंगलबारदेखि नै तयारी सुरु गरेको थियो ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि लामिछानेलाई पठाउने तयारी गरेको हो । लामिछानेलाई आज बुधबार राति नै विदेश पठाउने क्यानले तयारी गरेको हो ।

यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा लामिछानेलाई पठाउने तयारी गरिरहेको हो । आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ ।

सर्वोच्च अदालतले गत फागुन १५ गते सोमबार क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्नुका साथै क्रिकेट खेल्न विदेश जान पनि अनुमति दिएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले क्रिकेटर लामिछाने राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको थियो ।

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो । तर विदेश जान वञ्चित गरेको थियो । सर्वोच्च अदालतले विदेश जानका लागि बाटो खुला गरिदिएकोले आदेशसँग अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो ।

यो पनि पढ्नुहोस्

सर्वोच्चद्वारा सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, विदेश जान पनि अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !