७ पुस २०८१, आइतबार

आखिर अदालतले रिहा गर्ने आदेश दिएपनि आज किन छुटेनन् सन्दीप ?


सन्दीप लामिछाने पक्राउ फाइल फोटो

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटी बुझाएर छोड्न आदेश दिएको हो ।

लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएतापनि उनी आज रिहा हुन सकेनन् । आखिर अदालतले रिहा गर्ने आदेश दिएपनि आज किन छुटेनन् सन्दीप ? भनेर जिज्ञासा बढ्नु स्वाभाविक हो ।

उच्च अदालतले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नुपर्ने भएकाले लामिछाने आज रिहा नभएका हुन् । २० लाख धरौटी बुझाएर लामिछाने भोलि मात्र थुनामुक्त हुने भएका हुन् ।

यसरी धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा क्रिकेटर लामिछाने भोलि मात्रै थुनामुक्त हुने भएका हुन् । आज कार्यालय समयभन्दा ढिलो गरी आदेश आएकोले सबै प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले शुक्रबार मात्रै कागजी प्रक्रिया पूरा गरी लामिछाने रिहा हुने भएका हुन् ।

उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश आज बिहीबार बदर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको थियो ।

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएतापनि विदेश जान नपाउने पनि आदेश दिएको छ । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनले बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहि उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

यो पनि पढ्नुहोस्

२० लाख धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने भोलि छुट्ने

अन्तत: रिहा हुने भए क्रिकेटर सन्दीप लामिछाने, तर विदेश जान रोक

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !