११ बैशाख २०८१, मंगलबार

नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य


नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ ।

नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।

त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडए ।

नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सागर ढकालले १ विकेट हात पारे । अहिले नेपाल जवाफी ब्याटिङ उत्रएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !