११ पुस २०८१, बिहीबार

कोलकातासँग राजस्थान ६ विकेटले पराजित


ipl criket

२ जेठ, काठमाण्डौ ।  इण्डिन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य भेटायो । कोलकाताका लागि क्रिस लायनले ४५ तथा कप्तान दिनेश कार्तिकले नटआउट ४१ रन बनाएका थिए । बेन स्टोक्सले ३ विकेट लिएका थिए ।

त्यस्तैगरी राजस्थानका लागि जोस बट्लरले ३९ रन बनाए । राहुल त्रिपाठीले २७ रन जोडे । जयदेव उनादकतले २६, सञ्जु सामसन १२, कप्तान अजिक्या रहाने र बेन स्टोकले समान ११ रन बनाए ।

बलिङतर्फ कोलकाताका कुलदीप यादवले ४ विकेट लिए । प्रसिद कृष्णले २ तथा शिभम माभी, सुनील नारिन, र आन्द्रे रसेलले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !