७ बैशाख २०८१, शुक्रबार

युएईमाथि नेपालको रोमाञ्चक जित


युएईमाथि नेपाल

काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईमाथि नेपालले रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा यूएईमाथि नेपाल ३ विकेटले विजयी भएको हो ।

खराब ब्याटिङ सुरुवात गरेपनि नेपालले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई ३ विकेटले हराएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

युएईले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ । आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

जितको लागि १९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपाललाई जित्नै पर्ने दबाब रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !