२ असार २०८१, शनिबार

थापाथली जनकल्याण परिवारद्वारा विराज र मेलिसा सम्मानित


player

१ जेठ, काठमाण्डौ । राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिसा खड्गी नगद १० हजारसहित सम्मानित भएका छन् ।

२९औं वार्षिकोत्सवका अवसरमा थापाथली जनकल्याण परिवारले खेलकुदको माध्यमवाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको भन्दै महर्जन र खड्गीलाई सम्मान गरेको हो ।

सन् २०१६ बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप र भारतमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा विराजको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो भने मेलिसाले टप माउन्टेन तेक्वान्दो संघ, हङकङले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको नवौं तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !