३ असार २०८१, आइतबार

पञ्जाब बिरुद्ध बेंग्लोरको जित


ipll

१ जेठ, काठमाण्डौ । इण्डिन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको लो स्कोरिङ म्याचमा बेंग्लोर विजयी भएको छ ।

उक्त खेलमा उमेश यादवले पञ्जाबका सुरुवाती ब्याट्सम्यान केएल राहुल र क्रिश गेललाई आउट गरेपछि संकटमा परेको पञ्जाब १५.१ ओभरमा ८८ रनमा अलआउट भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबका एरोन फिन्चले सर्वाधिक २६ रनको योगदान दिए भने एरोन फिन्चले सर्वाधिक २६ रन जोडे । बलिङतर्फ उमेश यादवले तीन विकेट लिए ।

८८ रनको लक्ष्य बेंग्लोरले बिना कुनै विकेटको क्षतिमा झण्डै ८.१ ओभरमा पूरा गर्यो । बैंग्लोरका लागि विराट कोहलीले ४८ तथा पार्थिव पटेलले ४० रनको अविजित योगदान दिँदै जित दिलाए । लिगको दुई खेल बाँकी रहँदा बेंग्लोर १० अंकसहित सातौं स्थानमा छ भने पञ्जाव १२ अंकसहित पाँचौं स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !