१२ आश्विन २०८१, शनिबार

एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट


player

२७ वैशाख, काठमाण्डौ । सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् ।

तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार भएको छनोट प्रतिस्पर्धावाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !