१२ आश्विन २०८१, शनिबार

दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बावे ‘ए’ विरुद्ध नेपालको सानदार जित


नेपालको सानदार जित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बावे ‘ए’ विरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो ।

जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतिमा ८९ बनाउँदै लक्ष्य पूरा गर्यो । नेपाल को जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !