७ असार २०८१, शुक्रबार

टी-२० श्रृङ्खला : नेपालद्वारा पिएनजीसमक्ष १६९ रनको लक्ष्य


नेपाली क्रिकेट टोली

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृखंलाको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) समक्ष १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो ।

दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले यो योगफल तयार पारेको हो । ऐरीको अर्धशतकको सहयोगमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको हो ।

आज फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेछ । यसअघि नेपालले मलेसिया र पीएनजीविरुद्धका चारै खेल जितेको थियो ।

नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका छन् । यद्यपि पीएनजीका कप्तान असद भालाले पनि आफूहरू कनै दबाबमा नरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !