१२ असार २०८१, बुधबार

अन्तत: पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट


पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

काठमाडौँ । अन्तत: पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट भएका छन् । कतारमा हुने फिफा विश्वकप-२०२२ को लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड छनोट भएका हुन् ।

हिजो मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेकाे हाे । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

पहिलो हाफमा खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । खेलको दोस्रो हाफमा ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपनजिक पुर्याएका थिए ।

यस्तै प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । खेलमा पोल्यान्डले स्विडेनलाई २-० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १-१ गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा ५० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए भने ७२औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !