३ मंसिर २०८१, सोमबार

पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित


ipl

एजेन्सी, २५ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।

पञ्जाब क्रिकेट एशोसियसन स्टेडियम मोहलीमा दिल्लीले दिएको १६७ रनको विजय लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पञ्जाबका लागि लोकेश राहुलले सर्वाधिक ५१ रन बनाए । १६ बलमा ६ चौका र ४ छक्कासहित अर्धशतक बनाएर उनले छिटो अर्धशतकको रेकर्ड नै बनाए ।

करुण नैरले ५० रन जोडे । उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। युवराज सिंह १२ रनमा आउट भए । डेभिड मिल्लर नटआउट २४ रन र मारकुस स्टोइनिस २२ रनमा अविजित रहे ।

दिल्लीका ट्रेन्ट बाउल्ट, क्रिश मोरिस, डेनियल क्रिस्टियन र राहुल तेवातियाले समान १–१ विकेट लिए ।

यसअघि मोहलीमा टस हारेर व्याटिंगको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो । दिल्लीका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ५५ रन बनाए। ४२ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !