१३ आश्विन २०८१, आइतबार

‘उपकुलपति’ राष्ट्रिय भलिबल प्रतियोगिता सोमबारदेखि हुने


RR campus

२५ चैत, काठमाण्डौ । रत्न राज्यलक्ष्मी क्याम्पस र स्वत्रन्त विद्यार्थी युनियनको आयोजनामा हुन लागेको त्रिभुवन विश्वविद्यालय उपकुलपति राष्ट्रिय भलिबलको सम्पुर्ण तयारी पुरा भएको छ ।

शोमबारदेखि आर .आर क्याम्पसमा हुन लागेको प्रतियोगिाताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले आज एक पत्रकार सम्मेलन जानकारी दिएको छ ।

भोलिदेखि ३० गते सम्म चल्ने प्रतियोगितामा देशभरका क्याम्पसवाट कुल २२ टिमको सहभागिता रहने छ ।

उक्त प्रतियोगितामा प्रमथ हुनेले ५०, द्धितृय ३०, तृतियले २० हजार र सिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् साथै उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र पाउने छ ।

यदी नक्कली विद्यार्थीलाई खेलाडी बनाएर खेलाए उक्त टिम स्वत खारेज हुने आयोजकले प्रष्ट पारेको छ ।

प्रतियोगिताका सम्पूर्ण खेल सम्पन्न नहुनञ्जेलसम्मका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । प्रतियोगिमा उपस्थिति हुने दर्शक तथा समाचार सङ्कलन गर्न आउने पत्रकारहरूको लागि खेल मैदानको बायाँतर्फ बस्ने व्यवस्था गरिएको जानकारी गराए ।

यस्तै खेलाडीहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था खेल मैदानको दायाँपट्टि गर्ने गरी स्वाथ्य शिविर व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !