३ मंसिर २०८१, सोमबार

काठमाण्डौ गोल्डेन्ससँग विराटनगर किंग्स ५ विकेटले पारजित


kathmandu

२३ चैत, काठमाण्डौ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काठमाण्डौ गोल्डेन्सले चिरप्रतिद्वन्द्वी विराटनगर किंग्सलाई ५ विकेटले पारजित गरेको छ ।

काठमाण्डौको जितमा कप्तान ज्ञानेन्द्र मल्ल निर्णायक बने । उनले अन्तिम बलमा एक रन चाहिएको अवस्थामा विजयी छक्का प्रहार गर्दै काठमाण्डौलाई प्लेअफमा पुर्‍याए ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनायो । उसका लागि बाबर हायातले सर्वाधिक ६७ रन बनाए भने दिलीप नाथले ३३ रन जोडे ।

त्यस्तै, अनिल कुमार शाह र वसन्त गौचनले समान १०–१० रन जोड्दा शौरभ खनाल ११ रन बनाएर आउट भए । काठमाण्डौको लागि ललित राजवंशीले ३ विकेट लिँदा राशिद खानको भागमा २ विकेट रह्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !