१२ पुस २०८१, शुक्रबार

काठमाण्डौको रोमाञ्चक जित, मल्ल र भाटीको उत्कृष्ट प्रर्दशन


kaathmaandu goldens

२१ चैत, काठमाण्डौ । धनगडीमा जारी रुसलान डीपीएल २ मा आज भएको आठौँ खेलमा काठमाण्डौ गोल्डेन्सले रोमाञ्चक जित निकालेको छ । काठमाण्डौले जितमा ह्याटिक गरेको हो ।

सामान्य १३८ रनको लक्ष्य पक्ष्याएको अत्तेरिया पुरै २० ओभर खेलेर ८ विकेट गुमाउदैँ मात्र १२६ रन बनाउन सक्यो । उस्का लागि विपिन चन्द्र २६,सन्दीप जोहरा २१ तथा गौरव चित्रकारले ३६ रन प्रहार गर्न बाहेक अन्य ब्याटम्नले राम्रो प्रर्दशन गर्न सकेनन् ।

काठमाण्डौका सुबोध भाटीले ३ तथा रसिद खान र सन्नी पर्टेलले समान दुई दुई विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको काठमाण्डौ गोल्डेन्सले पुरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १३७ रन जोड्न सक्यो ।

उस्का लागि ४३ बलको समना गर्दै ज्ञानेन्द्र मल्लले ३ छक्का र ४ चौका प्रहार गर्दै ५७ रन बनाएका थिए । मल्ल बाहेक काठमाण्डौ नरेस बुढाएरले २७ र रसिद खानले १६ रन प्रहार गर्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

उस्का ८ ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अत्तेरीयाका एस युरोले ३ तथा कृष्ण कार्की र विपिन चन्द्रले दुई दुई विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !