१२ बैशाख २०८१, बुधबार

यू–१९ क्रिकेट टोली छनोट


क्रिकेट

बैतडी । मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ ।

जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, नीरज रावल र सुरेन्द्र ऐरी रहेका छन् ।

यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा छनोट भएका सङ्घका अध्यक्ष लालबहादुर चन्दले बताउनुभयो । प्रशिक्षकका रुपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको जनाइएको छ ।

छनोट भएको टोली कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने भएको छ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ४ गतेदेखि १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगिता हँुदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !