१३ आश्विन २०८१, आइतबार

महेन्द्रनगरद्वारा धनगढीसामु १३२ रनको लक्ष्य प्रस्तुत


DPL

२० चैत, धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटमाको आजको एक मात्र खेलमा महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीवीच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनायो ।

महेन्द्रनगरका लागि पुनित मेहराले सर्वाधिक ४० रन बनाए । उनले ४० बलमा ४ चौंका र २ छक्काको मद्दतमा ४० रन प्रहार गरे । त्यस्तै भुवन कार्कीले ३२, पुनित बिष्टले २४ र बिनोद भण्डारीले ११ रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

महेन्द्रनगरलाई १३१ रनमा समेटन धनगढीका लागि ललित भण्डारीले ४, तथा सोमपाल कामी र सम्शेद शेखले एक–एक विकेट लिए । महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी र टिम चौराह धनगढीकाे कप्तान सोमपाल कामी हुन् ।

पहिलो खेलमा काठमाण्डौसँग पराजित भएको धनगढीले दोस्रो खेलमा भने सिवाईसी अत्तरियालाई पराजित गरेको थियो । यता महेन्द्रनगर युनाइटेडले आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा महेन्द्रनगरले विराटनगर किङ्सलाई हराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !