१३ बैशाख २०८१, बिहिबार

अन्तिम बलमा धोनी चुके, भारत दक्षिण अफ्रिकासँग पराजित


during the ICC Twenty20 World Cup warm up match between India and South Africa at Wankhede Stadium on March 12, 2016 in Mumbai, India.

३० फागुन, काठमाडौं । टी-२० विश्वकपको अभ्यास खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ४ रनको रोमान्चक जित हात पारेको छ ।

मुम्बईमा दक्षिण अफि्रकाले १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

१९ औं ओभरमा युवराज सिंहले छक्का र चौका हानेपछि अन्तिम ओभरमा भारतलाई १४ रन चाहिएको थियो । क्रममा युवराजसँगै कप्तान महेन्द्रसिंह धोनी थिए ।

पहिलो बलमा धोनीले रन जोड्न सकेनन् भने दोस्रोमा १ रन मात्र लिए । तेस्रो बलमा २ रन लिएका युवराजले चौथो बलमा १ रन लिए । तर, ओभरको पाँचौ बलमा धोनीले चौका हान्दै जितको आश देखाए । झन अन्तिम बल बाइड भएपनि त जितका लागि अन्तिम बलमा चौका हाने बराबरी र छक्का भए जित हुने अवस्था आयो ।

तर, मोरिसको बलमा धोनीले रन नै जोड्न सकेनन् र भारत दक्षिण अफ्रिकासँग ४ रनले पराजित भएको छ ।  धोनी ३० र युवराज १६ रनमा अविजित रहे । भारतका लागि शिखर धवनले ७३ रन बनाए भने सुरेश रैना ४१ रनमा रिटायर्ड हर्ट भएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफि्रकाले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । उसका लागि जेपी डुमिनीले ६७ र क्विन्टन डिकोकले ५६ रनको योगदान दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !