३ असार २०८१, आइतबार

विक्रम साेब बने ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी


विक्रम सोब

काठमाडौं । विक्रम सोबले ओडिआई क्रिकेटमा उत्कृष्ट डेब्यू गरेका छन् । नेपाली क्रिकेटर सोबले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे ।

उनले पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । उनी १ रन बनाएर आउट भए ।

विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी छन्। विश्व क्रिकेटमा २८औ खेलाडी बने । विक्रम पहिलो ओभर विकेट लिँदै मेडन राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !