८ बैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको एक वर्ष : ३५ प्रतिशत काम, ५२ करोड खर्च, १४ करोड ऋण


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौं । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको बताइएको छ ।

चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अन्तरगत संरचनाको काम सुरु भएको शुक्रबार १ वर्ष पूरा भएको हो । गत वर्ष श्रावण १ गतेदेखि जग हाल्न सुरु गर्दै कंक्रिट ढलानको काम शुभारम्भ गरिएको थियो ।

रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ, त्यस्तै टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !