६ बैशाख २०८१, बिहिबार

कस्तो सुन्दर पागलपन, यो आश्चर्यजनक छ, भगवानलाई धन्यवाद : मेसी


लियोनेल आन्द्रेस मेसी

एजेन्सी । अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।

कोपा अमेरिका २०२१ जितेपछि लियोनेल आन्द्रेस मेसीले कस्तो सुन्दर पागलपन, यो आश्चर्यजनक भएको बताएका छन्। मेसीले भगवानलाई धन्यवाद !!! हामी तपाईंको आमाको कान्चा र # 39; यसलाई चुदाई गरौं भन्दै सामाजिक संजालमा लेखेका छन्, ” कस्तो सुन्दर पागलपन !!! यो आश्चर्यजनक छ, भगवानलाई धन्यवाद !!! हामी तपाईंको आमाको कान्चा र # 39; यसलाई चुदाई गरौं”

लियोनेल आन्द्रेस मेसी अर्जेन्टिनाको फुटबल खेलाडी हुन्, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेसीले २१ वर्षको उमेरमा नै बेलोन डी’ ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे ।

अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । यससँगै लियोनल मेसीको अर्जेन्टिनाका लागि पहिलो ठूलो उपाधि जित्ने सपना पूरा भएको छ । कोपा अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो ।

त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !