३१ भाद्र २०८१, सोमबार

कस्ताे रह्याे अफगानिस्तानसँग नेपालकाे ब्याटिङ


Nepali Bating

२६ फागुन, काठमाण्डाै । टस जितेर ब्याटिङ गरेकाे नेपालकाे ब्याटिङ समस्या अाज पनि देखियाे । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् ।

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए । मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन् ।

पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर रसीद खानको बलमा आउट भएका हुन् ।

नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए । ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए । उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन ।

अाठाैं विकेटकाे रुपमा करण केसी ६ रनमा अाउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा नै अाउट भए । नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !