एजेन्सी । रियल मड्रिडका कप्तान सर्जियो रामोसले डेढ दशकपछि स्पानिस क्लब छाडेका छन् । रियलले बुधबार डिफेण्डर रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।
यस्तै बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको बिदाइ गर्नेसमेत रियलले जनाएको छ । त्यसपछि रामोस भर्चुअल कन्फ्रेन्समा उपस्थित हुनेछन् । सेन्टर ब्याक रामोसको रियलसँगको समझौता यही जुनको अन्त्यमा सकिँदैछ । र त्यसको २ साताअघि उनले क्लबले छाड्न लागेका हुन् ।
यस्तै उनले ५ पटक ला लिगा र ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । साथै कोपा डेल र २ पटक, क्लब विश्वकप र स्पfनिस सुपर कप ४-४ पटक र यूईएफए सुपर कप ३ पटक जितेका छन् ।