२ मंसिर २०८१, आइतबार

झापा गोल्डकपमा झापा ११ सेमिफाइनलमा


२३ फागुन, काठमाण्डाै । झापाको विर्तामोडमा जारी झापा गोल्डकपमा विहिवारको खेलमा आयोजक रमपम झापा ११ ले प्रतियोगिताकै एकमात्र पाहुना टीम भारतको सिक्किम युनाइटेडलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाले सिक्किमलाई २— १ गोल अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो भेट थ्री स्टारसग पक्का गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा गोलको अग्रता भने पाहुना टोली सिक्किमले गरेको थियो ।

खेलको १८ औं मिनेटमा कुनाल तामाङ्गको पासमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्नुभयो । लेप्चाले झापाका गोल किपरलाई वलले नाघेको वेला हल्का प्रहार गर्दै आकर्षक गोल गर्दै सिक्किमलाई सुरुवाती अग्रता बनाउनुभयो । तर हज्जारौ दर्शकको समर्थनमा रहेका झापा फुटवल क्लवका अग्रपङ्तीका खेलाडी खमिर गिल्सन कन्दङ्वाले खेलको २५ औं मिनेटमा आकर्षक साइकिलिङ किकद्धारा गोल गर्दै झापालाई वरावरीमा पुर्याउनुभयो । हावामा रहेको बललाई साइकिलिङ किकद्धारा खमिरले गरेको बल प्रतियोगिताकै उत्कृष्ट गोलले पाहुना टिमले आफ्नो अग्रता ७ मिनेट समेत जोगाउन पाएन ।

त्यसपछि सिक्किम र झापाका दुबै टिमका खेलाडी थप आक्रमक बनेका थिए । खेलको ४३ औ मिनेटमा झापाले दोस्रो गोल उपहार स्वरुप पाएको थियो । झापाका खेलाडी विश्वास श्रेष्ठले गरेको कडा प्रहार रोक्न खोज्दा सिक्किमका खेलाडी ज्यामी दोर्जे भुटियाले रोक्न खोज्दा आफ्नै गोलपोष्टमा छिरेको थियो ।

उपहार गोलनै प्रतियोगिताको निर्णायक बन्दा पाहुना टोली पहिलो खेलबाटै बिदा भएको छ ।

खेलको म्यान अफ द म्याच आयोजक झापा ११ का खेलाडी विश्वास श्रेष्ठ हुनुभयो उहाँले नगद २५ हजार पाउनुभयो ।

खेलको इन्जुरी समयमा समेत झापाका खमिर गिल्सनको प्रहार सिक्किमको पोलमा लागेर फर्किएपछि खेल २ —१ मा सकिएको हो ।

बिहिवारको खेल दुइ विभागिय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लवविच हुने आयोजक समितिका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।

प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले नगद १२ लाख ५१ हजार र ६ लाख पाउनेछन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !