८ पुस २०८१, सोमबार

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टि-२० सिरिज


bharatiya

एजेन्सी, १३ फागुन । निर्णायक खेलमा भारत दक्षिण अफ्रिकालाई पराजित गर्दै तीन खेलको टि-२० सिरिज २-१ ले जित्न सफल भएको छ । अन्तिम टि-२० मा दक्षिण अफ्रिकामाथि भातरले सात रनको रोमान्चक जित निकाल्न सफल भयो ।

केपटाउनमा खेलेको अन्तिम टि-२० म्याचमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका कप्तान जेपी डुमिनीले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५५ रन बनाए भने जनकरले ४९ तथा डेभिड मिलरले २४ रनको योगदान दिए पनि हार भने टार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । उसका लागि शिखर धवनले ४० बलमा ४७ रनको पारी खेले भने सुरेश रैनाले २७ बलमा पाँच चौका र एक छक्कासहित ४३ रन बनाए । अन्तिम खेलमा नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !