८ माघ, काठमाण्डौ । नेपाल भलिवलसंघको सहकार्यमा उद्योग वाणिज्य महासंघले ‘एफएनसिसिआई कप राष्ट्रिय भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि महासंघले भलिवलसंघ सँग वार्षिक १ करोड २० लाखमा तीन वर्षे सम्झौता गरेको छ ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र संघको अध्यक्ष मनोरञ्जन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगिता पुरुष र महिला दुवै विधामा हुने भलिवल संघले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्ने जनाईएको छ भने उपविजेता र तेस्रो हुनेले क्रमश १ लाख र ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।