७ पुस २०८१, आइतबार

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको फाइनल आज : के छन रणनीति कप्तानका


(इपीएल) क्रिकेटको फाइनल

१५ पुस, काठमाडौँ l नेपालको इतिहासमा सबैभन्दा बिशाल क्रिकेट महोत्सब रुपमा लिइएको, किर्तिपुर क्रिकेट मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीए) क्रिकेटको फाइनल आज हुँदैछ। खेल दिउसो ११ बजेबाट शुरु हुनेछl उपाधि विजेताले इपीएलकव ट्रपीसँगै नगद २१ लाख पुरस्कार पाउनेछन्। फाइनल उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। बिराटनरले आफ्नो अपराजित यात्रालाई कायम गर्दै फाइनलको यात्रा तय गरेको हो भने, भैरहवाले लिग चरणमा र पहिलो क्वालिफायरमा दुई पटक सम्म विराटनगर संगै पराजित भई फाइनलमा पुगेको हो, प्रतियोगितामा भैरहवाले हारेको खेल पनि त्यही दुई वटा नै थियो।

शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले विगतका खेलहरु भन्दा फाइनल फरक हुने र विगतको नतिजाले असर नगर्ने प्रष्ट पारे।

विराटनगरका कप्तान पारसले भने , फाइनलमा राम्रो गर्नेमा ढुक्क छौँ। पुरानो जितले कुनै असर गर्दैन। भोली पूरै नयाँ दिन हुनेछ।’ । हामी हाम्रो मोमेन्टमलाई कायम राख्दै फाइनल खेल्न जानेछौँ। ‘एलिमिनेटर जहिल्यै गाह्रो हुन्छ। हामीले त्यो पार गरेर फाइनलमा स्थान बनाएका छौँ। शनिवारको गेम फरक छ। जस्ट गो एण्ड इन्जोए। यती मेहनत गरेको नै फाइनलका लागि नै हो।

यस्तै भैरहवाका कप्तान शरदले आफ्नो स्ट्रेन्थ अनुसार खेल्ने बताए। ‘हामी विपक्षीको बलियो र कमजोरी हेरेर भन्दा पनि आफ्नो गेम खेल्न चाहन्छौँ। ‘यसअघिका दुई हार पास्ट भइसक्यो शनिवार नयाँ गेम हुनेछ । होपफुल्ली हामी राम्रो गर्नेछौँ।’ भैरहवाका कप्तान शरद भेषावकरले भने।
दुवै कप्तानले भोलीका गेमको लागि पूर्ण रुपमा तयार भएको बताए। ‘दुवै टिम फाइनलका लागि तयार छन्।

फाइनलको रणनीति
विराटनगरका कप्तान पारसले टुर्नामेन्ट भरी राम्रो खेलेको र भोली पनि त्यही लय कायम राख्ने बताए। ‘एज अ टिम जित्न कै लागि खेल्ने हो र हामी जित्न चाहन्छौँ’, पारसले भने। ‘कुनै दिन कसैले राम्रो खेल्छ। राम्रो क्रिकेट खेल्नुपर्छ अवश्य दिन आउँछ। यदि तपाईँको दिन छ भने तपाईँले अवश्य जित्नुहुन्छ।’ पारसले भने। ‘आशा गरौ भोली प्रतिस्पर्धात्मक गेम हुनेछ।’हाम्रो टप अर्डरले (बाबर र अंशुमन) ले राम्रो खेलिरहेको छ। चाहिएको बेला बलिङ पनि राम्रो गरिरहेका छौँ। हामीले अवसर पनि पाइरहेका छौँ।’ पारसले भने। ‘तर पनि स्टिल नट इजी गेम। कुनै दिन, कुनै एक खेलाडी, एक ओभरले खेल चेन्ज गर्न सक्छ।’

भैरहवाका कप्तान शरदले पनि क्लोज गेम हुन सक्ने बताए। दुई पटक विराटनगरसँग पराजित भइसकेकोले फाइनलमा के योजना छ भन्ने प्रश्नमा शरदले सिधा जवाफ दिए। ‘उनीहरुको टप अर्डरले राम्रो खेलिरहेका छन्। उनीहरुलाई आउट गर्ने।’ उनले आप्नो टिमको ओपनिङ नचलेपनि मिडल अर्डरले राम्रो खेलिरहेको बताए। ‘हामी २/३ जना भन्दा पनि पूरै ११ जनाको इफोर्ट लगाएर खेल्छौँ। त्यसैले ओपनिङ नचले पनि समस्या हुँदैछ।’
शरदले भोली टिम पनि सेम हुन सक्ने भन्दै भोली पिच हेरेर नै निर्णय गर्ने प्रतिक्रिया दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !