७ पुस २०८१, आइतबार

विराटनगरको अपराजित यात्रा कायमै : काठमाडौँ बाहिरियो


एभरेष्ट प्रिमियर लिग

११ पुस, काठमाडौँ l एभरेष्ट प्रिमियर लिग इपीएल मा अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो । विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो ।
विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे ।

काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २÷२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १÷१ विकेट झारे । यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे ।

विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २÷२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १÷१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !