५ जेष्ठ २०८१, शनिबार

एसीसी अन्डर १९ एसिया कपमा मलेसियाबिरुद्ध नेपालको जित


एसीसी अन्डर १९ एसिया कपमा मलेसियाबिरुद्ध नेपालको जित

एजेन्सी, २८ कात्तिक । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूरा गर्यो ।

ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए । अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरी नेपालार्इ जित दिलाएका हुन् ।

बलिङतर्फ मलेसियाका विजय उन्नीले २ विकेट लिए । यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २/२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनु बाहेक मलेसियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् । छैटौं ओभरको चौथो बलमा जगजीतलाई अनिल साहले जितेन्द्र सिंहको हातबाट क्याचआउट गराएपछि सुरु भएको मलेसियाको विकेट पतन त्यसयता निरन्तर रहृयो । ५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !