काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन सबै नेपालीलाई अनुरोध गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान बडादशैंको शुभकामना दिंदै उनले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन सबै नेपालीलाई अनुरोध गरेका हुन् ।
आजदेखि विजयादशमी पर्व शुरु भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सु-स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु । साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।’
नेपालीहरुको महान पर्व विजया दशमी आजदेखि सुरु भएको छ ।स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु।
साथै कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु। pic.twitter.com/kEBrqegOAZ
— Sher Bahadur Deuba (@SherBDeuba) October 7, 2021