१२ बैशाख २०८१, बुधबार

प्रधानको योगदान चीरकालसम्म सम्झने छौँःराष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ, २३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । “नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ”, ट्वीटमा भनिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !