१९ असार २०८१, बुधबार

नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमायो : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत घिमिरेको निधनको खबरले आफूलाई दु:ख लागेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन् ‘शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको प्रधानमन्त्री ओलीले भनेका छन्, ‘साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।’

घिमिरेको आज अन्त्येष्टि गर्ने तयारी भएपनि प्रधानमन्त्रीले राष्ट्रिय सम्मानका साथ भोलि मात्र गर्ने निर्देशन दिएपछि भोलि बुधबार अन्त्येष्टि गरिने भएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !