१४ बैशाख २०८१, शुक्रबार

मेलम्ची-हेलम्बु क्षेत्रका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार सहयोग


मेलम्ची-हेलम्बु क्षेत्रका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार सहयोग

मेलम्ची । सरकारले मेलम्ची-हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवारलाई ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई ५० हजारका दरले जम्मा १ करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई २ करोड ५० लाख, मेलम्ची नगरपालिकालाई १ करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई २ करोड र इन्द्रावती गाउँपालिकालाई १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट १ हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ । प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !