६ जेष्ठ २०८१, आइतबार

दयनीय महिलाको उद्धार


न्याय

भद्रपुर, २६ जेठ । मेचीनगरका सडकमा दयनीय जीवन गुजार्दै आएका एक बालकसहित आठ महिलाको उद्धार गरिएको छ ।

प्रदेश नं १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहल र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको सहयोगमा उनीहरुलाई आज विहान उद्धार गरिएको हो ।

सुरक्षित आश्रय प्रदान गर्न उद्धार गरेर विराटनगर पठाइएको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

“कोरोना सङ्क्रमणको जोखिम र लकडाउन जारी रहँदा सडकमा असुरक्षित बसोवास गर्ने भएको हुँदा उद्धार गरेका हौँ”, उहाँले भन्नुभयो, “अब उनीहरुलाई सुरक्षित आश्रय स्थलमा राखेर उपचार गरिन्छ ।”

विराटनगरमा मन्त्री गजमेरले उनीहरुको कोरोना परीक्षण गरेरमात्र मानव सेवा आश्रममा लैजाने व्यवस्था गर्नुभएको उहाँको भनाइ छ । एक महिनाअघि मात्र झापाको बिर्तामोड र मेचीनगरबाटै नौजना सडक महिलाको उद्धार गरेर आश्रममा लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !