७ बैशाख २०८१, शुक्रबार

भाटभटेनी सुपरमार्केटले घरमै मालसामान डेलिभरी गर्ने


भाटभटेनी सुपरमार्केट

१३ चैत, काठमाडौं । भाटभटेनी सुपरमार्केटले सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्न सहितका उपभोग्यवस्तु अभाव हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै ठूला सुपरमार्केटलाई खुला राख्न तथा डेलीभरी सेवा थाल्न गरेको आग्रहपछि सेवा सुरु गरेको हो ।

भाटभटेनी सुपरमार्केटले उपभोक्ता लक्षित घरमै मालसामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जाल मार्फत उपभोक्ताले वस्तु मगाउन सक्नेगरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।

सुपरमार्केटले उपलब्ध गराएको फोन, भाईबर, ह्वाट्स्याप तथा उसको आधिकारिक फेसबुक पेजमार्फत गरिने अर्डर उपभोक्ताले आफ्नै ठेगानामा पाउने भाटभटेनीले जनाएको छ । भाटभटेनीले यो सेवासंगै अनलाईन पेमेन्टलाई पनि प्राथमिकता दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !