११ बैशाख २०८१, मंगलबार

मध्येविन्दु नगरपालिकामा नागरिकहरुद्वारा लकडाउनको पालना


मध्येविन्दु नगरपालिका

चैत्र १, नवलपरासी । मध्येविन्दु तमसरिया-७ मा आज पनि लकडाउन सफल भएको देखिएको छ । केहि मोटरसाइकल चालकहरूले अवज्ञा गरेपनि अन्य सवै बन्द देखिएको छ । विश्वमा माहामारीको रूपमा फैलियको कोरोना भाइरसका कारण लकडाउन गर्दा सामानको अभाव सुरू हुदैछ । यसको असर सवैभन्दा दु:खी गरीबमाथि परेको देखिन थालेको छ । यस्ता विषयमा ध्यान दिन आवश्यक छ । हाम्रा स्वास्थ्य पत्रकार डा. राम बहादुर बोहराले स्थानीय व्यापारीहरुसंग गर्नुभएको कुराकानी तल प्रस्तुत गरिएको छ ।

अहिले नोबेल कोरोना भाइरसबाट बचाउन नेपालमा लकडाउन गरिएको छ यसको असर कत्तिको परेको छ हजुरलाई ?

व्यापार ठूलो कुरा होइन बाचे आज नभए भोली होला । तर रोग एक जनालाई भए अरूलाई पनि सर्न सक्छ । तर मेरा नियमित सामान खरिद गर्न आउनेहरूको फोन आइरहेको छ । उहाँहरूको गुनासा अनुसार हामी भोकै मर्ने जस्ता प्रश्न गर्दै हुनुहुन्छ । बेच्दा अबज्ञा ठहरने नबेच्दा ग्राहक मर्कामा पर्ने देखिएको छ ।

ग्राहक स्थानीय निकी नेपाली हजुर सामान खरिद गर्न आउनुभएको छ । हजुरलाई यो लकडाउनले के कति असर भएको छ ?

हामी गरीब मान्छे काम नगरी खान छैन तर खोजेको बेला खानेकुरा नपाउदा भोकै बस्नुपर्ने समय आएको छ । रोग लागेर मर्नुपर्ने एकातर्फ छ भने अर्कोतर्फ खानै नपाएर मर्नुपर्ने स्थिति आउने हो कि भन्ने पनि लाग्न थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !