२३ पुस २०८१, मंगलबार

बस्ती जोखिममा


manang

११ भदौ, मनाङ । मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बँेसीशहर सडक भासिएको छ ।

पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् । बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ । स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् । यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

“पहिरो निरन्तर बगेकाले काम गर्न कठीनाइ भएको छ,” उहाँले भन्नुभयो । सवारीसाधन मुश्किलले सञ्चालन गर्न सकिएको प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । सडक मर्मत गर्न दीर्घकालीन योजना बनाउनुुपर्ने उहाँको भनाइ छ । दिनहुँ बाढीले कटान गरेका कारण यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने स्थानीयवासी पासाङ विष्ट बताउनुहुन्छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !