६ आश्विन २०८१, आइतबार

काठमाडौँमा फोहोरको डुंगुर, व्यवस्थापन हुन सकेन


Garbages

२४ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा फोहोर फेरि सडकमा नै थुप्रिएको छ । एक महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न थालेको एक हप्ता नपुग्दै पुनः फोहोर थुप्रिने समस्या देखापरेको हो । काठमाडौँ महानगरपालिकाले भने नियमित रुपमा फोहोर व्यवस्थापन भइरहेको जनाएको छ ।

लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहट्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो । संयोजक मरहट्ठाका अनुसार विगत तीन दिनदेखि नियमित रुपमा पानी परेकाका कारण बाटोमा समस्या आउँदा फोहोर उठ्न नसकेको हो ।

हाल फोहर व्यवस्थापन गरिरहेको स्थानभन्दा दुई किलोमिटरको दूरीमा पर्ने बञ्चरेडाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । तर काम भने अघि बढ्न सकेको छैन । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर निस्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !