७ मंसिर २०८१, शुक्रबार

लकडाउनबाट प्रभावित गर्भवती महिलालाई समाजसेवी महेश र संगीताले दिए राहत


महेश सिंह
महेश सिंह

सिरहा ३ असार । सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोढनामा दलित गर्भवती महिलाहरुलाई लक्षित गरी राहत वितरण गरेको छ । लकडाउनबाट प्रभावित गरीब, बिपन्न परिवारले रोजगारी गुमाएको गर्भवती महिलाहरुलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले गरीव, दलित, असहाय गर्भवती, महिलाहरुका कुपोषित बच्चा नजन्मियोस भन्ने उद्धेश्यले पौष्टिक आहार अथवा गर्भवती माहिलालाई सुत्केरी अबस्थामा खानेकुराहरु लगायतका खाद्यान्नका सामाग्री वितरण गरेको छन् ।

गर्बबती महिलाहरुलाई लकडाउनको समयमा श्रीमानले काम नपाएकोले गर्बबती महिलालाई पौष्टिक खाना नखाएकै कारण बच्चा जन्मिदा कुपोषण भएर बच्चा नजन्मियोस भने अभिप्रायले पौष्टिक आहार वितरण गरेको छ । लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी राम कुमारी दासको रोहवरमा लहान १५ ढोढनाका १७ गर्बबती महिलालाई राहतमा पौष्टिक आहार वितरण गरेका छन् ।

राहतमा प्रति गर्भवती १० किलो चमाल, १ किलो दाल, १ किलो चना, १ किलो मटर, १ पोका खाने तेल, १ प्याकेट नून, १ किलो स्याउ, १ केजी अंगूर, १ केजी अनार, ६ पिस पाकेको केरा लगायतका खाद्यान्नका सामानहरु वितरण गरेका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्यको जोडीले बिगत तिन महिनादेखि निरन्तर राहत बितरण गर्दै आएका हुन् ।

उक्त वडामा छैठाें पल्टल राहत दिन पुगेका चौधरी र कर्माचार्यलाई वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी राम कुमारी दास गम्छा ओढाएर अभियान्ता जोडीलाई सम्मान गरेका थिए । राहत सहयोगमा गुप्ता ग्रुप लहान र सिरहा एजुकेशनल एकेडमी लहान, एपोलो ॐ बोर्डिङ स्कुलले सहयोग गरेका छन् ।

गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भ रहेदेखि सुत्केरी नभएसम्म स्वास्थ्य परिक्षण, गर्भवती महिलाको खानपान, हेरचाहरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । जुन कुराले गर्दा पछि आमा र बच्चाको स्वास्थ्यमा समस्या नआउन सक्छ । खानापान स्वास्थ्य परिक्षणदेखि गर्भावस्थामा आइपर्ने जोखिमको बारेमा पनि बुझ्नु पर्ने गर्भवती महिला तथा परिवारले ध्यान दिनुपर्ने नितान्त जरुरी देखिन्छ ।

गर्भवती महिलासँगै श्रीमान र परिवारका अन्य सदस्यहरुले यो समयमा निकै ध्यान दिनुपर्ने हुन्छ । गर्भवती महिलाले ध्यानदिनुपर्ने पहिलो कुरा भनेको गर्भवती हुन रोग होइन । बच्चा जन्माउने भनेको खुसीले जन्माउने हो । बच्चा जन्माउनको लागि गर्भ रहनुभन्दा पहिलादेखि नै महिला स्वास्थ हुनुपर्छ । जसले गर्दा त्यो महिलाले जन्माउने बच्चा पनि स्वास्थ हुन्छ ।

दोस्रो कुरा गर्भवती भएपछि स्वास्थ्य संस्थामा जचाउन जानुपर्छ । गर्भवती महिलाले चिकित्सकले भने अनुसार स्वास्थ्य परिक्षणहरु गर्नुपर्छ । खतराको संकेतको बारेमा गर्भवती महिलाले थाहा पाउनुपर्छ ।

गर्भवती महिलाले समस्या परेको बेलामा कुन अस्पताल जाने, कसलाई साथी लाने भन्ने कुराको बारेमा पनि ख्याल परिवारले राखनु पर्छ । रकमको पनि जोहो गर्नुपर्ने हुन्छ । कारण सरकारी अस्पतालले निःशुल्क सेवा दिएपनि, गर्भवती गराउँदा हामीले २ हजार रुपैयाँ दिएर पठाउँछौँ । उसको अन्य खर्चहरु पनि हुन्छ । बाटो खर्च, खाना खर्च गर्भवती महिलाले पनि खानुपर्यो । जहिले पनि स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण र सुत्केरी गराउनुपर्छ ।

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा

बिहान उठ्नेबित्तिकै आफ्नो सरसफाइ गर्ने । अन्य समय भन्दा गर्भवती हुँदाको समयमा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । अन्य समयको भन्दा धेरै पोषिलो, झोलयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।

गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्की र क्याल्सियम पनि खानुपर्ने हुन्छ । साथै गर्भवती महिलाले अन्य समयमा भन्दा अलि बढी निदाउनुपर्ने हुन्छ । सकेसम्म रातमा आठ घन्टा र दिनमा दुई घन्टा निदाउनुपर्ने हुन्छ ।

सकारात्मक कुरा सोच्ने, धुम्रपान, मद्यपान सेवन गर्नुहुन्न । यो बेलामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि खानुहुँदैन । साथै शारीरिक तथा मानसिक रुपमा गाह्रो हुने खालको काम नगर्ने । गाह्रो काम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य समस्या निम्तन सक्छ ।

त्यसैले यस्ता कुरामा गर्भवती महिला र परिवारले पनि ख्याल गर्नुपर्ने हुन्छ । सँगै बच्चालाई कसरी हुर्काउने, कसरी खोप लगाउने भन्ने बारेमा गर्भवती भएकै बेलामा जानकारी लिनु र जानकारी दिनुुपर्ने समाजसेवी महेश्वरी चौधरीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !