११ बैशाख २०८१, मंगलबार

खगोलशास्त्रीहरूले खिचे बृहस्पति ग्रहको अलौकिक फोटो


खगोलशास्त्रीहरूले खिचे बृहस्पति ग्रहको अलौकिक फोटो

काठमाडौं, वैशाख २८ । खगोलशास्त्रीहरू सौर्यमण्डलको सबभन्दा ठुलो ग्रह बृहस्पतिको नयाँ तस्वीर खिच्न सफल भएका छन् । अहिलेसम्मकै असाधारण भनिएको तस्वीरमा ग्यासले बनेको यो ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ ।

इन्फ्रारेड किरणको मद्दतबाट खिचिएको वृहस्पति ग्रहको यो फोटो पृथ्वीबाट लिइएको अहिलेसम्मकै सबभन्दा स्पष्ट भएको पनि बताइएको छ । फोटो अमेरिकाको हवाईमा रहेको खगोल अध्ययन केन्द्रस्थित जेमनाइ नर्थ टेलिकोस्पबाट खिचिएको हो ।

वैज्ञानिकहरुका अनुसार यो फटो खिच्न “लक्की इमेजिङ” भन्ने प्रविधि प्रयोग गरिएको थियो । यो प्रविधिबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ ।

जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ । अनुसन्धानकर्ता वैज्ञानिकहरुले ग्यासले बनेको वृहस्पति ग्रह र यसमा मौसम प्रणाली कसरी विकसित हुन्छ भन्ने बारेमा खोज गरिरहेका छन् । यो समाचार नेपाल टेलिभिजनको आधिकारिक वेभसाइटमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !