हिन्दु, बौद्ध र जैन परम्परा अन्तर्गत हामीले अपनाउदै आएको धेरै संस्कारहरु वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि अत्यन्तै ठिक छन् । जस्तै: व्रत बस्दा नुहाउने चलन सफा र स्वस्थ शरीरको लागि राम्रो मानिन्छ। बिहान मन्त्र पढ्दा मन एकाग्र भई मस्तिष्क सबल हुने हुन्छ ।
पुजा गर्दाको शंखको आवाजको तरङ्गले कतिपय किटाणुहरु नष्ट हुने हुन्छ । शंख, घण्ट र अन्य बाजा बजाउँदा निस्कने ध्वनिको तरङको कम्पनले शुक्ष्म जीव, ब्याक्टेरियाको कोशको बृद्धी र संक्रमणलाई रोक्ने गर्दछ । त्यस्तै मासिक धर्मको बेला श्राव भएको रक्तलाई सुक्ष्मजीव ब्याक्टेरियाले छिटो सढाउने अनि संक्रमण हुने हुँदा महिलाले नुहाउनुपर्ने चलन उत्तम छ ।
खाना खाने थालको वरिपरि पानीको रेखी हाली खाना चढाउँदा मसिना किराहरुलाई भुइँमै अल्मलाउन सकिन्छ। बिभिन्न पुजा र षोड्श संस्कारमा प्रयोग गरिने पन्चगब्य बनाउन प्रयोग गरिने गाइको मुत्रमा किटाणु सखाप पार्ने रसायन एन्टिबायोटिक रहेको हुन्छ। यस्ता धेरै उदाहरणहरु छन्।
हिन्दु, बौद्ध र जैन परम्परा अन्तर्गत हामीले अपनाउदै आएको धेरै संस्कारहरु वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि अत्यन्तै ठिक छन् ।
ब्रतादी पुजा, काजकृया र श्राद्ध आदिमा मासु, लसुन र प्याज किन नखाने गरिएको होला भन्ने जिज्ञासा कतिलाई लागेको हुन सक्छ। हाम्रो षोड्श संस्कारले व्रत, काजकृया र श्राद्धको समयमा मनलाई पवित्र, शुद्ध र शान्त गर्नुपर्ने बताइएको छ। झन् जुठो कृया अनि श्राद्धको अघिल्लो दिन र श्राद्धको दिनमा त मृतात्माको सम्मानको लागि रिस, क्रोध हटाइ पवित्र र शान्त मनको साथ रहनुको साथ साथै सम्भोग (शारीरीक सम्पर्क) नगर्न भनिएको छ। तामस खानाको रुपमा लिइएको मासु र अण्डाले रिस र क्रोध बढाउन सक्छ ।
पुजा गर्दाको शंखको आवाजको तरङ्गले कतिपय किटाणुहरु नष्ट हुने हुन्छ । शंख, घण्ट र अन्य बाजा बजाउँदा निस्कने ध्वनिको तरङको कम्पनले शुक्ष्म जीव, ब्याक्टेरियाको कोशको बृद्धी र संक्रमणलाई रोक्ने गर्दछ । त्यस्तै मासिक धर्मको बेला श्राव भएको रक्तलाई सुक्ष्मजीव ब्याक्टेरियाले छिटो सढाउने अनि संक्रमण हुने हुँदा महिलाले नुहाउनुपर्ने चलन उत्तम छ ।
मासु र अण्डामा भएको प्रोटिनका अणु( एमिनो एसिड) हरुले यौन अंगमा रगतको प्रवाह तिब्र हुनगई उत्तेजना ल्याउने हुन्छ । साथै स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै लाभदायक लसुन र प्याजले पनि यौन उत्तेजना ल्याउने भएकोले शुद्ध कार्यमा यी चिज नखाने चलन वैज्ञानिक दृष्टिले हेर्दा सार्थक छ ।
*राम ठकुरी रसायनशास्त्री हुन् । उनी प्राध्यापन पेशामा संलग्न छन् ।
यो पनि पढ्नुहोस्