६ बैशाख २०८१, बिहिबार

क्यान्सरबाट मुक्त रहन यी खानेकुराहरुदेखि रहनुहोस् सधै टाढा


क्यान्सर
Ram-Thakuri
राम ठकुरी

क्यान्सर एक खतरनाक रोग हो, जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित रुपमा सामान्य सीमा भन्दा अधिक विभाजन, रोगको आक्रमण र कहिलेकाँही  रगतको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ । विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३% क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ ।

अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार बर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्ने गर्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुने गर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नशा रोगपछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३% क्यान्सरको कारण हुने तथ्य सार्वजनिक गरेको छ ।

विश्वभर जस्तै हाम्रो देश नेपालमा पनि क्यान्सर रोगबाट पीडित हुनेहरुको संख्यामा दिनप्रतिदिन बृद्धि हुदै गईरहेको छ । यो रोगबाट पीडित व्यक्ति र परिवारको जिज्ञासा हुन्छ-यो रोगले मलाई किन समात्यो ? यो रोगबाट बच्ने के के उपाया छन् ? क्यान्सर पीडित रोगीमा यो जिज्ञासा देखापर्नु वास्तवमा सही पनि हो ।

अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार बर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्ने गर्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ ।

जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिहाल्नु हुँदैन तर नियमित रुपमा जाँच र चिकित्सकको परामर्श भने लिनुपर्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उपयुक्त हुन्छ ।

क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पुर्णरुपमा जनचेतना जाग्नु आवश्यक छ। फलफूल तथा सागपात धेरै सेवन गर्नु, मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नु, चिल्लो र बोसोयुक्त खानाको सेवन कम गर्नु नै क्यान्सर रोगबाट बच्ने राम्रो उपायहरु हुन् । क्यान्सर रोगको सम्भावनाबाट बच्नको लागि निम्न खानेकुराहरुदेखि सजग रहनु आवश्यक छ ।

१. प्रशोधन गरी तयार पारिएको मासु

बेलायतमा गरिएको सोधलेख अनुसार प्रशोधन गरी तयार पारिएको मासुका परिकारहरु जस्तै सुँगुरको नुनिलो मासु , मासुबाट बनाएको ससेज र अन्य परिकारको धेरै सेवनले पेट र आन्द्राको क्यान्सर हुने खतरा हुन्छ । यस्ता परिकारमा सोडियम नाइट्रेट र नाइट्रोसामाइन जस्ता रसायनको मात्रा पाइन्छ जसले क्यान्सर हुने सम्भावना बढाउछ ।

२. रातो मासु

रातो मासु थोरै मात्रामा सेवन गर्दा स्वास्थ्यमा हानी गर्दैन तर हार्वर्ड मेडिकल स्कुलले गरेको अनुसन्धान अनुसार ठुलो आन्द्रा र मलद्वारको क्यान्सर हुने जोखिम बढाउछ ।

३. सेकुवा र बार्बिकिउ

सेकुवा र बार्बिकिउ बनाउदा मासु डड्ने हुँदा मासुले पेट र आन्द्राको क्यान्सर हुने खतरा बढने हुन्छ ।

४. वँशाणुगत रुपमा परिवर्तन गरिएको खाद्य

रसायन (Chemical) प्रयोग गरी वँशाणुगत रुपमा परिवर्तन गरिएको खाद्य बिशेष गरी अन्नबालीहरु खानाको रुपमा प्रयोग गर्दा पनि क्यान्सर हुने गर्छ ।

५. माईक्रोवेभमा भुटेको मकै

माईक्रोवेभमा भुटेको मकै राख्न प्रयोग गरिने ब्यागमा पाइने रसायन PFOA (Perfluorooctanoic Acid) लाई पनि क्यान्सर रोग  जन्माउने कारक तत्वको रुपमा लिइएको छ ।

६. प्रशोधित पिठो

प्रशोधित पिठोबाट बनेका परिकारहरुले पनि क्यान्सर हुनसक्छ ।

७. प्रशोधित चिनी

प्रशोधित चिनीको मात्रा बढी भएको खानेकुराहरु जस्तै क्यान्डी , ललिपप, केक, टमाटरको सस बढी प्रयोग गर्दापनि क्यान्सर कोस बढाउने सम्भावना हुन्छ ।

८. कृतिम गुलियो पदार्थ

बिशेषगरी तौल घटाउन चाहने र मधुमेह भएका ब्यक्तीहरुले कृतिम गुलियो पदार्थ लिने गर्दछ्न। साधारणतया Aspartame नामक रसायन  कृतिम गुलियो पदार्थको रुपमा लिईन्छ । तर कृतिम गुलियो पदार्थले मस्तिकको क्यान्सर हुने सम्भावना बढाउछ ।

९. रक्सी

रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। बेलायतको क्यान्सर अनुसन्धान केन्द्रको अनुसार रक्सी सेवनले गर्दा क्यान्सर हुने सम्भावना ४ प्रतिसत हुन्छ । तेसै गरी अमेरिकन क्यान्सर सोसाइटीको खोज अनुसार रक्सी सेवानको मात्रा जती बढ्छ त्यती नै क्यान्सर हुने सम्भावना बढद्छ ।बिसेस गरी रक्सी सेबन ले मुख , घाटी , पेट , कलेजो र आन्द्रापाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने हुन्छ ।

१०. तारेको खानेकुरा

तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ ।

११. क्यानमा बन्द गरिएको खानेकुरा

खानेकुरा बन्दगर्न प्रयोग गरिने क्यानमा BPA (Bisphenol-A) नामक रसायन हुन्छ र सो रसायनले पनि क्यान्सर हुन सक्छ ।

१२. आलु चिप्स

आलु चिप्सलाई स्वादिलो बनाउन प्रयोग गरिने बस्तु पनि क्यान्सर लगाउने हुन्छ । त्यसैले यस्ता खानेकुरा पनि धेरै सेबन नगर्नु बुदिमानी हुन्छ ।

१३. ठोस बनाइएको बनस्पती तेल

ठोस बनाइएको बनस्पती तेलले शरिरको कोस झिल्लीको लचिलोपना घटाउने र क्यान्सर हुने सम्भाबना रहन्छ ।

१४. धेरै नुनको प्रयोग

धेरै नुनको प्रयोगले पेटको क्यान्सर गर्ने हुन्छ ।

१५. खादिएको र सडाइएको खाने चिज

यी खानेकुरा अन्तर्गत खाँदिएको पुरानो अचार, माछाको अचार आदी पर्दछन। यस्ता खाध्य बस्तुको पनि बढी प्रयोगले क्यान्सर हुने सम्भावना रहन्छ ।

१६. सुर्तिजन्य पदार्थ

यस अन्तर्गत चुरोट, सुर्ती, खैनी, हुक्का, बिडी आदी पर्दछन। यी वस्तुमा हजारौँ रसायनहरु हुन्छन्। ती मध्ये सयौ रसायनले क्यान्सर गराउने हुन्छ ।

*राम ठकुरी रसायनशास्त्री हुन् । उनी प्राध्यापन पेशामा संलग्न छन् ।

यो पनि पढ्नुहोस्

धार्मिक कार्यमा लसुन, प्याज र मासु नखानेबारे वैज्ञानिक विश्लेषण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !