१५ माघ २०८१, मंगलबार

कहाँ छ विश्वकै सवैभन्दा ठूलो रेडियो टेलिस्कोप ?


विश्वकै सवैभन्दा ठूलो रेडियो टेलिस्कोप

कहाँ छ विश्वकै सवैभन्दा ठूलो रेडियो टेलिस्कोप ? चीनको गुइझोउको पहाडहरुका बीचमा बनाइएको विश्वकै ठूलो रेडियो टेलिस्कोपले ब्रम्हाण्डका विभिन्न ग्रहहरूबाट प्राप्त प्राकृतिक तरङ्ग र अन्य कृतिम भुउपग्रहका तरङ्गलाई तान्ने बताइएको छ । पोखरी आकारको देखिने यो टेलिस्कोपलाई चीनले ‘फास्ट’ नामाकरण गरेको छ । चीनले प्रारम्भिक अवलोकन गरिसकेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ । उक्त टेलिस्कोपले १००० प्रकाश वर्षभन्दा टाढा रहेको एउटा ताराबाट जानकारी प्राप्त गरेको छ । सो टेलिस्कोपले ब्रह्माण्डलाई बुझ्न र पृथ्वी बाहिर जीवन खोज्न वैज्ञानिकहरुलाई मद्दत गर्ने बताइएको छ । सयौँ खगोलशास्त्री र जानकारहरु विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको आधिकारिक उद्घाटनमा उपस्थित थिए ।

विशाल टेलिस्कोपको डिश दिक्षिण-पश्चिमी चीनको ग्वेजो प्रान्तका थुप्रै पहाडहरुका बीचमा राखिएको छ । उक्त उपकरण राख्न ठाउँ बनाउनका निम्ति ८००० मानिसहरुलाई अन्यत्र सारिएको थियो । यो टेलिस्कोपले अन्तरिक्षबाट पहिलो संकेत समेत प्राप्त गरिसकेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका निम्ति उक्त टेलिस्कोपका उपकरणहरुको परीक्षणमा तीन वर्ष लाग्नेछ। ५०० मिटर ब्यास भएको सो टेलिस्कोपको डिश हजारौँ त्रिकोणात्मक प्यानलहरु मिलेर बनेको छ जसले अमेरिकाको पुवेर्टो रिकोस्थित ३५० मिटर ब्यास भएको टेलिस्कोपको कीर्तिमान तोडेको छ। विश्वमा विज्ञानको पावरहाउस बन्ने प्रयासमा चीन कति अगाडि बढिसकेको छ भन्ने प्रमाण यसले पुष्ठी गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !