‘वर्ल्ड वाइड वेव’को मद्दतले तपाईं हामीले इन्टरनेटबाट सूचना आदानप्रदान गरिरहेका छौं । वैज्ञानिकहरुले हालसालै नयाँ कुरा पत्ता लगाएका छन् । ‘वुड वाइड वेव’ (वुड भनेको जंगल )को सहायताले बोटविरुवाले एक आपसमा संचार गर्ने कुरा खुल्न आएको छ । ढुसी (फंगाई)मा मसिना रेशा हुन्छन्, जसलाई मैसेलियम भनिन्छ । यिनै मैसेलियम जमिनमुनि चलायमान हुन्छन्, विभिन्न रुखका जराहरुसँग यिनीहरुको सम्बन्ध हुन्छ । अझ फरक प्रजातिका बोटविरुवासँग पनि यिनीहरुको सम्पर्क हुन्छ । शोधकर्ताहरु भन्छन,’बोट विरुवालाई एकाईको रुपमा भन्दा पनि समग्रमा एक ढिक्काको रुपमा हेर्नु पर्ने हुन्छ।’
यो कुरा नयाँ देखिए पनि १९ औँ शताब्दीका जर्मन प्राणिशास्त्रका वेत्ता अल्बर्ट बर्नार्डले यो सम्बन्धको अध्धयन गरेका थिए । ढुसीको जमात र विरुवाको आपसी सम्बन्धका बारेमा उनले पहिलो पटक सोध गरेका थिए । ‘माइकोर्हिजा’ नामक यस्तो सम्बन्धको नामाकरण उनले नै जुटाएका थिए । अहिले जमिनमा पाइने ९०% बोट विरुवाका प्रजातिमा यस्तो सम्बन्ध पाइएको छ ।
सन् साठीको दशकपछि ढुसीले विरुवाको विकाशमा मद्धत गर्ने कुरा पत्ता लागेको थियो । यति मात्र होइन, विरुवालाई पानी रहेको ठाउँ पत्ता लगाउन पनि यिनीहरुले सहयोगीको भूमिका खेल्छन्, आफ्ना मैसेलियमद्वारा रुखका जराको वरिपरि पोषक तत्त्व पुर्र्याउने काम पनि यिनीहरुले गर्छन् र साथसाथै कुनै सम्भावित रोगबाट बच्न पनि विरुवालाई सहयोग गर्छन् । ढुसीको यो गुनको प्रतिफलस्वरूप विरुवाले उसलाई नियमीत रुपमा कर्बोहाइड्रेट प्रदान गर्छ ।
टाढाका बोटविरुवासँग पनि संचार गर्ने काम यो जालोले गर्छ । सन् १९७० को दशकताका पल स्टामेट्सले इलेक्ट्रोन माइक्रोस्कोपद्वारा ढुसीको अध्धयन गर्दा यो कुरा पत्ता लगाएका थिए । अहिलेको वर्ल्ड वाइड वेव र यो जालोविच निकै समानता भेटिन्छ ।
सन् १९८३ मा केहि विशेष रुखले एक अर्कालाई एक प्रजातिको किराको सूचना दिने गरेको अध्धयनमा भेटिएको थियो । जब एक रुखलाई सो किराले आक्रमण गर्यो, तब सो रुखले अरुलाई सूचना दिएको पाइयो । र अरु बोटले एउटा रसायन पैदा गरेको पाइयो, जसबाट उक्त प्रजातिको कीरालाई दूर राख्न सकियोस् । यस्ता सूचना हावाको माध्यमबाट बोटविरुवाले पठाउँछन् ।
सन् १९९० पछि केही सोधकर्ताले पत्ता लगाए अनुसार बोटले मैसेलियमको माध्यमबाट कार्बन, नाइट्रोजन, फस्फोरस एवं अन्य पोषण तत्व आदान प्रदान गर्छन् ।
ब्रिटिश कोलम्बिया विश्वविद्यालयकी सुजन सिमर्ड प्रौढ र विशाल बोटहरुले साना भर्खरका विरुवालाई यस्तो नेटवर्कको सहायताले मद्धत गर्छन् भन्ने कुरामा विश्वाश गर्छिन् ।
भिडियोको लागि तलको लिंक हेर्नुस् ।